MACD (moving average convergence/divergence) Stock को Technical Analysis गरि सेयरको खरिद विक्री गर्नको लागी प्रयोग गरिने एक महत्वपुर्ण tools हो । यो MACD लाइन वर्तमान समयभन्दा विगतमा रहेको Historical Price Data मा आधारित भएर निर्माण भएको हुन्छ । MACD एउटा एकदमै भरपर्दो र trade decision लिनको लागि एकदमै सजिलो विधी हो । 12 period को exponential moving average र 26 period को exponential moving average को फरकवाट एउटा लाईन जेनेरेट भएको हुन्छ जसलाई MACD लाईन भनिन्छ भने MACD line को 9 period को exponential moving average बाट अर्को लाइन जेनेरेट भएको हुन्छ जसलाई MACD signal line भनिन्छ । MACD अन्तर्गत Trading Interpretation गर्ने विभिन्न विधि मध्ये अत्यन्त सजिलो दुई विधिहरुको तल चर्चा गरिएको छ ।
उदाहरणको लागी NEPSE मा listing भएका कुनै पनि Stock को चार्ट खोल्नको लागी chart.nepsechart.com मा click गर्ने,
माथिको पेज डिसप्ले भएपछि NEPSE लेखेको ठाउमा आफुले analysis गर्न चाहेको कुनै पनि stock को symbol हाल्ने जस्तै नेपाल प्रभु बैक लिमिटेड को trade decision लिनको लागी PRVU हाल्ने र indicator लेखेको ठाउमा क्लिक गरि MACD select गर्ने,
यसरी पेज डिसप्ले भइसकेपछि देहायवमोजिमको विधिले चार्ट विश्लेषण गरि trade decision लिन सकिन्छ।
१. Signal-line crossover
Signal line crossover अर्थात माथिको निलो लाईन (MACD) लाईन ले रातो लाईन (Signal line) लाई माथि वाट तलतिर काट्छ भने sell signal जेनेरेट भएको मानिन्छ भने MACD लाइन ले Signal Line लाई तलवाट माथितिर काट्छ भने Buy Signal जेनेरेट भएको मानिन्छ ।
२. Zero Crossover
Zero Crossover जोखिम कम वहन गर्न चाहने लगानिकर्ता हरुको लागी वित्तिय विश्लेषण गर्ने एक महत्वपुर्ण विधि हो । यस विधि अन्तर्गत MACD line ले MACD Histogram लाई Zero को लाइन देखि पोजेटिभ जोन र नेगेटिभ जोन कतातिर गएको छ सो आधारमा trade decision लिने गरिन्छ । जस्तेै MACD line ले zero line लाइ नेगेटिभ जोन वाट पोजेटिभ जोनतिर काट्छ भने Buy Signal जेनेरेट हुन्छ भने पोजेटिभ जोनबाट नेगेटिभ जोनतिर काट्छ भने Sell Signal जेनेरेट भएको मानिन्छ ।
यसरी प्रभावकारी रुपमा MACD को मार्फतवाट वित्तिय विश्लेषण गरि Trade decision लिएको खण्डमा वित्तिय जोखिम लाई कम गर्न सकिन्छ ।
Comments
Post a Comment