शेयर वजारका गोल्डेन १५ नियमहरु जसले  जोखिमलाई न्युनिकरण गरि प्रतिफललाई वढाउन मदत पुर्याउछः   

शेयर वजार वर्तमान समयमा धेरैको चासोको रुपमा आएको विषय हो । online trading एक सजिलो, सुविधाजनक र लोकप्रिय विषय भएकाले अनलाईन मार्फत शेयरको खरिदविक्रीको सुविधाले धेरै साना ठुला लगानीकर्ताको दोस्रो वजारको पहुचमा वृद्धि आएको सर्वविविधै छ । शेयर वजार छोटो समयमा सहि स्टकको पहिचान र लगानीवाट राम्रो प्रतिफल पाउने क्षेत्र हो । यदि तपाई शेयर वजारमा रुचि राख्नुहुन्छ र दोस्रो वजारमा लगानी गर्नको लागी कँहा वाट कसरी सुरु गर्ने भन्नेवारे जानकार हुनुहुदैन भने तलका १५ नियमहरु जस्ले तपाईलाई सुरु गर्न मदत गर्नेछ ।

 

१. सहि ब्रोकर छनौट गर्नुहोस् - शुरुआतका लागि पहिलो चरण भनेको प्रतिष्ठित र सम्मानित स्टॉकब्रोकरको साथ अनलाईन ट्रेडिङ खाता खोल्नु हो। तपाइँको प्रतिफल  धेरै हदसम्म तपाइँले गर्ने लगानीमा निर्भर हुन्छ; सहि अनलाइन ब्रोकर छनोट गर्नाले तपाईंको पोर्टफोलियोको प्रदर्शनमा सकारात्मक प्रभाव पार्छ।

२. अनुसन्धान गर्नुहोस् - वजारको प्रवृत्ति, बजारको मुल्याङ्कन  र बजारलाई असर गर्ने कारक तत्वहरुको वारेमा जानकार रहनुपर्छ जसले स्टक को प्रदर्शन लाई पनि असर गर्छ।  निरन्तर कम्पनीहरूको निरीक्षण गर्नुपर्छ । जुन स्टकमा रुचि राखिन्छ उक्त स्टकमा लगानी गर्नको लागी  तथ्यमा आधारित  प्रामाणिक अनुसन्धानको आधारमा सूचित निर्णय लिनु पर्छ।

 

. सहि स्टक पहिचान गर्नुहोस्  - लगानी गर्न चाहेको कम्पनी छनौट गर्नु अघि कम्पनीको स्टक ईतिहास, शक्ति र कमजोरीहरू, यसको वित्तीय डाटा र बजार प्रतिष्ठाको मूल्यांकन गर्नुपर्छ । जसले सहि स्टको पहिचान गर्न मदत गर्छ ।

 

४. भावनात्मक आधारमा भन्दा विश्वासको आधारमा लगानी गर्नुपर्छ  - शेयर बजार जस्ता द्रुत गतिको वातावरणमा  स्टकमा लगानी गर्न वा आफूसँग भएको व्यापार गर्न छिटो निर्णय गर्नु पर्छ। यी अवस्थाहरूमा लगानीकर्ताहरू प्रायः घाटाको डर र छोटो अवधिमा बढी पैसा कमाउने लोभको कारण आफ्ना भावनाहरू कसरी नियन्त्रण गर्ने भनेर निर्णय गर्ने क्रममा आफूलाई दुविधामा पार्दछन् ।  एउटा विवेकशिल लगानीकर्ता वन्न  आफ्ना भावनाहरू नियन्त्रणमा राख्नुपर्छ र तर्क र विवेकको आधारमा निर्णय गर्नु  महत्त्वपूर्ण हुन्छ ।

 

५. विविध पोर्टफोलियो राख्नुहोस् - शेयर बजारले धेरै उतार-चढाव हुने गर्दछ । आर्थिक घटना देखि राजनीतिक, सबै चीजले बजारमा असर गर्ने सम्भाव्यता छ जसले स्टकलाई प्रत्यक्ष प्रभाव पार्दछ। यस्तो बजार दुर्घटनाबाट आफूलाई बचाउन आफ्नो पोर्टफोलियोमा विविधता ल्याउनुपर्छ। एकै किसिमको धेरै शेयर खरिद गर्नुको साटो विभिन्न क्षेत्रका विभिन्न उत्कृष्ट कम्पनीहरुको छनौट  गर्नुपर्छ  । खरिद निर्णय लिनु अघि खरिद गर्न लागेको कम्पनीको राम्रो संग अध्ययन गर्नुपर्छ।  

 

६.जोखिम -   भनिन्छ जति धेरै जोखिम उति धेरै प्रतिफल तर जोखिम लिदा चलाखी पुर्ण तरिकाले लिनुपर्छ । आफ्नो विश्वास, उमेर ,प्रतिवद्धता तथा क्षमताको आधारमा जोखिम लिदा उपयुक्त हुन्छ । आफुले रुचि राख्ने स्टकको मोनिटर गर्नुपर्छ, स्टकको त्रैमासिक, मासिक र आधा-वार्षिक रिपोर्टहरू पढेर गृहकार्य गर्नुपर्छ र खरिद निर्णय लिदा भावनाना नवहकि विवेकको आधारमा लगानी गर्नुपर्छ ।

 

७. अस्पष्ट विचारको साथ लगानी गर्नु हुदैन  - शेयर बजार हरेक दिन खुल्छ।  त्यसैले कुन स्टकमा लगानी गर्ने दुविधा भए त्यस दिन खरिद नगरि उक्त निर्णय गर्ने अर्को दिन पर्खिन सकिन्छ । हतारमा निर्णय लिनुभन्दा वजार प्रवृत्ति अध्ययन गरि अर्को दिन लगानी गर्न सकिन्छ किनकि एक सुचित निर्णय हतारको निर्णय भन्दा कयौ गुना राम्रो हुन्छ ।

 

८. अनावश्य हो-हल्लाको पछि नलागी तथ्यको पछि लाग्नुहोस्  -  स्टकको वजारको अनुसन्धान गरि तथ्यमा आधारित निर्णय लिनुपर्छ । नियमित रुपमा ठुला मात्रामा व्यापार हुने ठुला विश्लेषक तथा लगानी कर्ताले कभर गर्नसक्ने स्टक छान्न सकिन्छ।  वजारको तथ्य के हो त्यसको विश्लेषण नगरी अनावश्यक हो हल्लाको पछि लागी लगानी गर्नुहुन्न ।

 

९. ज्ञान नै शक्ति हो -  शेयर बजारको विभिन्न पक्षहरूमा आफूलाई शिक्षित गर्नुपर्छ,  बजारलाई असर गर्नसक्ने  समाचार र घटनाहरूको लागि सतर्क रहनुपर्छ  । आफुले लगानी गर्न चाहेको स्टकहरुको एक ईच्छा सुची निर्माण गरि उक्त कम्पनीको प्रदर्शनको वारेमा आफुलाई सुचित राख्नु पर्छ । जसका लागी विभिन्न समाचारहरु सुन्ने विभिन्न आधिकारिक वेभसाईटहरुको अध्ययन गरि ज्ञान आर्जन गर्न सकिन्छ ।

 

१२. एक यथार्थवादी हुनुहोस् - कोही पनि एक वा दुई दिनमा करोडपति हुँदैन। शेयर बजार मा व्यापार अत्यधिक लाभदायक हुन सक्छ, सहि पोर्टफोलियोको माध्यम वाट मात्र वजारमा सफलता हासिल गर्न सकिन्छ । बजारले घाटा, जोखिम र तनाव पनि दिन सक्छ किनभने वित्तमा कुनै ग्यारेन्टी छैन, त्यसैले आफ्नो लाभ, घाटा र लगानीको बारेमा व्यावहारिक हुनुपर्छ ।

 

१३ स्वयम निर्णय लिनुपर्छ  - धेरै जसो लगानीकर्ताले गर्ने निर्णयहरू उनीहरूको परिवार, साथीहरू, छिमेकीहरू वा परिचितहरूका गतिविधिबाट प्रभावित हुन्छन्।  तर आफुले गर्ने लगानीको निर्णय स्वयम लिनुपर्छ । आफुले गर्ने लगानीलाई धेरै कारक तत्वले प्रभाव परेको हुन्छ जसमध्ये आफ्नो वजेट, जोखिम वहन क्षमता, अनुभव, ज्ञान आदि । लगानी गर्दा विज्ञको सल्लाह लिन सकिन्छ तर निर्णय लिदा सुचित निर्णय लिनुपर्छ ।

 

१४. नतिजाहरू मापन - धेरै जसो लगानीकर्ताहरूले नाफा कमाउनको लागि शेयर बजारमा ट्रेड गर्न शुरू गर्छन्। केही समयको लागि ट्रेड गरिसकेपछि आफ्नो परिणामहरुको वारेमा अध्ययन गर्नुपर्छ । विगतको गलत निर्णय वाट धेरै कुरा सिक्न सकिन्छ । एक सफल लगानीकर्ता हुनको लागी आफ्नो विगतको अनुभव र गल्तीलाई सुधार गर्दै अघि वढ्नुपर्ने हुन्छ ।

१५ प्रवृत्तिको साथ व्यापार -  वजार कुन दिशामा के कारणले गईरहेको छ वढिरहेको छ भने के कारणले वढिरहेको छ घटिरहेको छ भने के कारणले घटिरहेको छ वजारको प्रवित्ति के छ अध्ययन गर्नु पर्छ । वजारलाई वुझ्न सिक्नुपर्छ । वजारको प्रवित्तिले वजारमा कस्तो तरिकाले प्रभाव पार्छ सो सम्वन्धमा अध्ययन गरि निर्णय लिन सकिन्छ। 

Comments

Post a Comment